१८ बैशाख, २०८१ मंगलबार

02:04:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

५ माघ, २०७८

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

मान्म

कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिनुभयो । ‘माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ’, उहाँले भन्नुभयो, ‘करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौँ । एउटा रुख बराबर १० रुख रोपण गरिने छ ।’

आयोजना निर्माण गर्न रु ९२ अर्ब खर्च हुने आयोजनाका विज्ञ शिवशंकर कार्कीले जानकारी दिनुभयो । सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ । 
‘आयोजनाबारे अध्ययनको काम सकिएको छैन’, उहाँले भन्नुभयो । आवास निर्माणको काम भने थालिएको छ । 

जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ । बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ ।

आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन् । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिनुभयो ।