१६ चैत, २०८० शुक्रबार

01:59:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशी विनिमय अपचलन गरेको आरोपमा एक जना विदेशी नागरिक विरुद्ध मुद्दा दायर (विज्ञप्तीसहित)

Nepal Business

१७ भदौ, २०७९

विदेशी विनिमय अपचलन गरेको आरोपमा एक जना विदेशी नागरिक विरुद्ध मुद्दा दायर (विज्ञप्तीसहित)

काठमाण्डौं । विदेशी विनिमय अपचलन गरेको आरोपमा राजस्व अनुसन्धान विभागले विदेशी नागरिक विरुद्ध मुद्दा दायर गरेको छ । 

शुक्रबार विभागले काठमाण्डौं जिल्ला अदालतमा भारतको राजस्थान प्रदेश सिक्कर जिल्ला घर भएका कनैयालाल गर्गको नाति सुरज मलको छोरा राजु अग्रवाल भनिने राजेन्द्र कुमार विरुद्ध मुद्दा दायर गरेको हो । 

निजले विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ । उनी विरुद्ध ७४ लाख रुपैयाँ मागदावी सहित मद्दा दायर गरिएको विभागले जनाएको छ । 

विभागका अनुसार प्रतिवादी कुमारले चीनबाट सामान ल्याई इलेक्ट्रिक सम्बन्धी व्यवसाय गर्ने भनि अफिसमा नै कर्मचारी राखी बैंक खाता नखोली नगद नै जम्मा गरी गैर कानुनी रुपमा हुण्डीको कारोबार गरेको जनाएको छ ।