२६ बैशाख, २०८१ बुधबार

01:38:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३ दिनमै करिब ४० गुणा बढीले भरे श्रृजनशील लघुवित्तको आईपीओ

१७ भदौ, २०७९

३ दिनमै करिब ४० गुणा बढीले भरे श्रृजनशील लघुवित्तको आईपीओ

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा तेस्रो दिनमा नै करिव ४० गुणा बढीले आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार शुक्रबार दिउँसो साढे १ बजेसम्ममा १३ लाख ४ हजार २०५ जना आवेदनबाट १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको भन्दा ३९.२८ गुणा बढी हो । कम्पनीको आईपीओमा समय नसकिदै मागभन्दा बढी आवेदन परेकोले १० कित्ता सेयर पाउन पनि मुस्किल छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा भदौ १९ गतेसम्म र ढीलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।