२५ बैशाख, २०८१ मंगलबार

05:05:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल वायरहाउजिङ कम्पनीको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

१७ भदौ, २०७९

नेपाल वायरहाउजिङ कम्पनीको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं ।  नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी नेपाल वेयरहाउजिङ कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको हो ।