६ बैशाख, २०८२ शनिबार
10:48:54 AM
१७ भदौ, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा नेपाल एसबीआई बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको हो ।
नेप्सेमा बैंकको २४ लाख १ हजार ४ सय ८२ कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले ५ वर्ष अवधि भएको वार्षिक १०.२५ प्रतिशत व्याज भएको "५ वर्ष, १०.२५% नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३" नाममा ऋणपत्र निष्कासन गरेको थियो । सोही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।