२६ बैशाख, २०८१ बुधबार

05:29:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

१७ भदौ, २०७९

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

शुक्रबार नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो । समायोजनपछि नेप्सेले कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६१ रुपैयाँ ९० पैसा तोकेको छ । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य ६ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


कम्पनीको भदौ ९ गते बिहिबार बिहान बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार ७ औ वार्षिक साधारण सभा भदौ ३० गते बिहिबार कार्की व्याङ्केट बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश प्रस्तावसहित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, खर्च रकम अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।