१२ बैशाख, २०८१ बुधबार

05:57:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महानगरले बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटायो

Nepal Business

१७ भदौ, २०७९

महानगरले बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटायो

काठमाण्डौं । काठमाण्डौं महानगरले काठमाण्डौंको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटाएको छ । शुक्रबार महानगरको टोलीले डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा राखिएका बालुवा, गिट्टी लगाएतका निर्माण सामाग्री हटाएको हो ।

सडकमा निर्माण सामाग्री नराख्न पटक–पटक आग्रह गर्दा पनि नमानेपछि सामाग्री हटाएर जफत गरिएको महानगरले जनाएको छ ।सडक छेउमा निर्माण सामाग्री राख्दा ढल नै अवरुद्ध हुने गरेको देखिएको छ ।

निर्माण गर्न लागिएका घरका लागि निर्माण सामाग्री सडकमा राख्दा यातायात सञ्चालन तथा फुटपाथमा हिडडुल गर्न कठिनाई भएकाले महानगरले कारवाही गर्न थालेको हो ।