२६ बैशाख, २०८१ बुधबार

05:39:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ कम्पनीलाई धितोपत्र बोर्डले दियो प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको अनुमति

१७ भदौ, २०७९

६ कम्पनीलाई धितोपत्र बोर्डले दियो प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको अनुमति

काठमााडैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ६ कम्पनीलाई प्राइभेट इक्विटी भेन्चरको लाईसेन्स प्रदान गरेको छ । आवेदन दिएका मध्ये ६ वटालाई सञ्चालन अनुमति दिएको बोर्डका अध्यक्ष रमेश हमालले बताउनुभएको छ ।

अनुमति पाउने कम्पनीमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईबीए एस क्यापिटल र एनएमबी क्यापिटल रहेको छ । यसअघि बोर्डले ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई भेन्चर क्यापिटलको अनुमति दिइसकेको छ ।

अब आध्यान्त फण्ड लिमिटेडलाई पनि क्यापिटलको सञ्चालन अनुमित दिने अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ । प्रकृया पूरा गरेर आएका कम्पनीलाई भदौसम्म अनुमतिपत्र दिने बोर्ड अध्यक्ष हमालले जनाउनुभएको छ ।