२५ बैशाख, २०८१ मंगलबार

12:07:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार पनि सेयर बजारमा झिनो अंकको गिरावट

Nepal Business

१७ भदौ, २०७९

शुक्रबार पनि सेयर बजारमा झिनो अंकको गिरावट

काठमाण्डौं । सेयर बजार घट्ने क्रम रोकिएको छैन । शुक्रबार सेयर बजमार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज नेप्से १.६७ अंकले घटेर एक हजार ९ सय ७०.६२ विन्दुमा बन्द भएको छ ।

बिहिबार नेप्से १.०८ अंकले घटेर एक हजार ९ सय ७२ दशमलब २९ विन्दुमा बन्द भएकोे थियो । 

सेयर बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६९ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये ७३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ९७ वटा कम्पनीको घटेको छ । यस्तै १७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको सेयरमूल्य उच्च वृद्धि भएको छ । 

सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.८० प्रतिशतले बढेर प्रतिकित्ता १४०० रुपैयाँ पुगेको छ । यस्तै रु रु जलविद्युत्त कम्पनीको सेयर मूल्य ९.६७ प्रतिशतले बढेर प्रतिकित्ता ८९५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १० करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ ।