२६ बैशाख, २०८१ बुधबार

05:36:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१७ भदौ, २०७९

शुक्रबार नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबार १.६७ अकंले घटेर १९७०.६२ बिन्दुमा भन्द भएको छ ।

यस दिन २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच हुदाँ ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँको कारोबार भएको छ । नेप्से सामान्य अकंले ओरालो लाग्दा नेपाल टेलिकमको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको यस दिन १० करोड ४ लाख ९८ हजार रुपैयाँ कारोबार भएको छ ।

साथै, नबिल बैंकको ४ करोड ३७ लाख ३ हजार रुपैयाँ, अरुण काबेली पावरको २ करोड ४६ लाख ७९ हजार रुपैयाँ र रिडी पावरको २ करोड २६ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।