२४ बैशाख, २०८१ सोमबार

01:05:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली धितोपत्र बोर्डको पाइपलाइनमा

१७ भदौ, २०७९

शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली धितोपत्र बोर्डको पाइपलाइनमा

काठमाडौं । शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अरुण काबेली पावर कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाइपलाइनमा राखेको छ।

विद्युत नियमन आयोगले अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति दिएसँगै धितोपत्र बोर्डले कम्पनीको हकप्रद सेयर निष्काशन प्रक्रिया पाइपलाइनमा राखेको हो।

कम्पनीले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई १ करोड ८५ लाख ५२ हजार एक सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत कार्तिक २८ गते नै सेबोनमा निवेदन दिएको थियो ।

तर विद्युत नियमन आयोगले यही भदौ १२ गते अनुमति दिएपछि मात्रै बोडैले आवश्यक प्रकृया अघि बढाएको हो । उक्त कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।