२२ बैशाख, २०८१ शनिबार

05:26:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ भदौ, २०७९

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७ गते शुक्रबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७।७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आज (भदौ १७ गते शुक्रबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीको भदौ ९ गते बिहिबार बिहान बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार ७ औ वार्षिक साधारण सभा भदौ ३० गते कार्की व्याङ्केट बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।