२४ बैशाख, २०८१ सोमबार

11:33:24 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पश्चिमसेती स्थानीय भन्छन्–‘४२ वर्षपछि पुनः आशा पलायो’

Nepal Business

१६ भदौ, २०७९

अध्ययन प्रतिवेदनले बैतडीको ढुङ्गाडमा बाँध निर्माण गरी तीन सय ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखायो । तर आयोजना निर्माणका लागि नेपाल सरकारले फ्रान्सको सोग्रेह नामक कम्पनीलाई अनुमति दिएन ।

पश्चिमसेती  स्थानीय भन्छन्–‘४२ वर्षपछि पुनः आशा पलायो’

अत्तरिया, 
विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन ।

आफ्नो बालापन सम्झिँदै उहाँ भन्नुहुन्छ, “विसं २०३७ मा पश्चिमसेती चर्चामा आएको हो, हामी त्यतिबेला दिपायल स्कुलमा पढ्थ्यौँ । अहिले विसं २०७९ लागिसकेको छ, तर परियोजना बन्न सकेको छैन । अहिले भने यसबारेको चर्चा फेरि सुरु भएको छ, त्यसैले आश भने मरेको छैन ।”

उहाँले आक्रोश पोख्दै भन्नुभयो, “यो बीचमा दुईजना प्रधानमन्त्री सुदूरपश्चिमकै भइसकेका छन् तर कसैले पनि यो परियोजनालाई पूर्णता दिन सकेनन् । तर अब भने यो परियोजना बन्ला कि भन्ने आशा पलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अहिलेको पहलमा अब भने परियोजना अघि बढ्ने भएको छ । आशाको दियो बलेको जस्तो भएको छ ।”

पश्चिमसेती बन्ने भएपछि फेरि झिनो आशा पलाएको आर्दश गाउँपालिकाका ७५ वर्षीय गणेश ओझा पनि बताउनुहुन्छ । उहाँ पनि चार दशकअघिदेखि कुरा मात्र भएको तर अहिले भने काम नै हुने हो कि भन्ने आशा जागेको बताउनुभयो । 

सम्भाव्यता अध्ययनमै बित्यो चार दशक

सन् १९८१ मा पहिलोपटक पश्चिमसेती आयोजना चर्चामा आयो । त्यतिबेला फ्रान्सको एक सोग्रेह नामक कम्पनीले बैतडीको ढुङ्गाड भन्ने स्थानदेखि आठ किलोमिटरमाथि बाँधरहित आयोजना निर्माण गरी ३७ मेगावाट विद्युत् उत्पादन हुनसक्ने सम्भावना देखेपछि परियोजनाबारे चर्चा परिचर्चा सुरु भयो ।

त्यसपछि सोग्रेहले सम्भाव्यता अध्ययनलाई निरन्तरता दियो । सन् १९८७ बाट पुनः सम्भाव्यता अध्ययन थालेको सोग्रेहले सन् १९९१ मा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक ग¥यो । 

अध्ययन प्रतिवेदनले बैतडीको ढुङ्गाडमा बाँध निर्माण गरी तीन सय ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखायो । तर आयोजना निर्माणका लागि नेपाल सरकारले फ्रान्सको सोग्रेह नामक कम्पनीलाई अनुमति दिएन । 

त्यसपछि केही समय सेलाएको आयोजनाको सन् १९९४ मा अष्ट्रेलियाको स्मेक नामक कम्पनीले अध्ययन अघि बढायो ।