१५ बैशाख, २०८१ शनिबार

09:48:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुचिकृत कम्पनीलाई वित्तिय विवरण समयमै पेश गर्न नेप्सेको आग्रह

१६ भदौ, २०७९

सुचिकृत कम्पनीलाई वित्तिय विवरण समयमै पेश गर्न नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सुचिकृत कम्पनीहरुलाई वित्तिय विरण पेश गर्न आग्रह गरेको छ । नेप्सेले आज (बिहिबार) एक सूचना जारी गर्दै सबै कम्पनीहरुलाई बार्षिक तथा त्रैमासिक वित्तिय विवरण पेश गर्न निर्देशन दिएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले व्यवस्था गरे बमोजिम सूचीकृत संगठित संस्थाले कम्पनीको वार्षिक तथा त्रैमासिक वित्तीय विवरण (विद्युतीय प्रति) नेप्सेमा पेश गर्नु पर्नेछ भन्ने व्यवस्था अनुरुप यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत सम्पूर्ण कम्पनीहरुलाई सो कार्यको कार्यान्वयनको लागि निर्णयानुसार सूचना प्रकाशित गरिएको र तोकिएको समय भित्र उल्लेखित विवरणहरु प्राप्त नभएमा नियमानुसार कारवाहि गरिने समेत नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।