८ बैशाख, २०८१ शनिबार

01:52:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महानगरको चेतावनीपछि बुझायो फन पार्कले १७ लाख ३७ हजार कर

Nepal Business

१६ भदौ, २०७९

महानगरको चेतावनीपछि बुझायो फन पार्कले १७ लाख ३७ हजार कर

काठमाण्डौं ।  काठमाण्डौं फन पार्कले काठमाण्डौं महानगरपालिकालाई कर बुझाएको छ । महानगरले हिजो बुधबार कर बुझाउन २४ घण्टे अल्टिमेट दिएको थियो । 

महानगरले कर नबुझाए शिलबन्दी गरिदिने चेतावनी दिएपछि फन पार्कले आज १७ लाख ३७ हजार कर बुझाएको हो । 

काठमाण्डौं फनपार्क पूर्व श्रमराज्यमन्त्री एवं म्यानपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आउनुभएको छ । उहाँ नेपाली कांग्रेसका नेता हुनुहुन्छ ।