२४ बैशाख, २०८१ सोमबार

08:04:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, अब नेपालमा के होला ?

Nepal Business

१६ भदौ, २०७९

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, अब नेपालमा के होला ?

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पढाएको छ ।  बिहीबारबाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढाएर पठाएको हो । 

नयाँ मूल्यय अनुसार अब निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ ।

आयल निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ। 

आजको मूल्य अनुसार निगमको १५ दिनको समग्र नोक्सानी करिब ५० करोड पुग्नेछ । आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । सो सूचीअनुसार निगमले यहाँ नयाँ मूल्य निर्धारण गर्न सक्छ ।