७ बैशाख, २०८१ शुक्रबार

02:02:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महानगरद्वारा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द

Nepal Business

१६ भदौ, २०७९

महानगरद्वारा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । 

बिहीबार महानगरपालिकाको नगर प्रहरीले उक्त बोर्ड बन्द गराएको हो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको वर्ल्ड ट्रेड सेन्टर पुगेर बोर्ड बन्द गराउनुभएको हो । 

मेयर बालेन्द्र (बालेन) शाहको निर्देशनपछि उक्त डिजिटल बोर्ड बन्द गराइएको छ । 

यस्तै महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन थालेको छ ।