१६ बैशाख, २०८१ आइतबार

09:29:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१६ भदौ, २०७९

बिहीबार नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं ।  साताको पाँचो कारोबारको दिन बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०८ अकंले घटेर १९७२.२९ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको कारोबार भएको छ ।  सो रकम बराबरको कारोबार हुँदा बिहीबार नेपाल टेलिकमको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको यस दिन १२ करोड २७ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५करोड ६५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख, रिडी हाइड्रोपावरको ४ करोड १६ लाख रुपैयाँ र अरुण काबेली पावरको ३ करोड ८२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।