१६ बैशाख, २०८१ आइतबार

11:04:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार कति ?

Nepal Business

१६ भदौ, २०७९

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार कति ?

काठमाण्डौं । सेयर बजारमा ओरालो लाग्ने क्रम रोकिएको छैन । बिहीबार सेयर बजार झिनो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज  (नेप्से)का अनुसार सेयर बजार १.०८ अंकले घटेर नेप्से परिसूचक १ हजार नौ सय ७२.२९ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा आज १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार एक सय ६२ रुपैयाँको कारोबार भएको छ भने ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता सयर किनबेच भएका छन्। 

यस्तै सात उप सूचकहरुमा हरियाली छाएको छ भने बाँकी राताम्मे छन् । कम्पनीहरुमा हिमालयन एभरेष्ट एन्स्यारेन्समा सकरात्मक सर्किट ब्रेक लागेको छ । 

उपर हेवाखोला हाइड्रोपावर कम्पनी ६.५८ प्रतिशत, माहुली लघुवित्त वित्तीय संस्था ५.८४ प्रतिशत र सप्तकोशी विकास बैंक ५.२२ प्रतिशतले बढेका छन् ।