१६ बैशाख, २०८१ आइतबार

05:10:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिले बन्द हुन्छ शुक्रबारको कारोबार ?

१६ भदौ, २०७९

कहिले बन्द हुन्छ शुक्रबारको कारोबार ?

काठमाडौं। अहिले सेयर बजारमा शुक्रबारको कारोबारका बिषयमा निकै चर्चा भइरहेको छ। विश्व बजारमा हप्तामा ५ दिन मात्रै सेयर कारोबार हुने भएकोले नेपालमा पनि हप्तामा ५ दिन मात्रै कारोबार खुलाउनुपर्ने लगानीकर्ताहरुले माग गरिरहेका छन्।

लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार बन्द गर्न माग गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र समेत बुझाइ सकेका छन् ।

तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने शुक्रबारको कारोबारका विषयमा कुनै स्पष्ट निर्णय लिन सकेको छैन। यसअघि हप्तामा ५ दिनमात्रै कारोबार हुने गरेको थियो । तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरी शुक्रबार सञ्चालन भएको थियो ।

सरकारले पुनः सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्दै  शनिबार मात्रै सार्वजनिक बिदा दिने निर्णय गर्यो। तर सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने गरेको छ । लगानीकर्ताहरुले शुक्रबारको कारोबार छिट्टै बन्द गर्न चौतर्फि दवाव दिइरहेका छन् । नेप्सेले कुनै ठोस निर्णय नलिदा शुक्रबारको कारोबार कहिले बन्द हुन्छ भन्ने अझै भन्न सकिने अबस्था रहेको छैन ।