२२ बैशाख, २०८१ शनिबार

08:12:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१६ भदौ, २०७९

 नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (भदौ १७० गते शुक्रबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि  भदौ १९ गते आइतबार बुकक्लोज गर्ने भएको छ । यसर्थ भोलि (भदौ १७० गते शुक्रबार) सेयरधनीहरुले मात्रै  साधारण सभामा सहभागि हुन र लाभांश पाउन सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६३२  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३० गते सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।