२४ बैशाख, २०८१ सोमबार

03:41:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डोल्टी पावर कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

१६ भदौ, २०७९

डोल्टी पावर कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । डोल्टी पावर कम्पनीले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । डोल्टी पावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।