२४ बैशाख, २०८१ सोमबार

02:13:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

१६ भदौ, २०७९

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।  कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन तथा बिक्रि खुल्ला गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीको आईपीओ बाँडफाँड बिक्रि प्रबन्धक बिओके क्यापिटलको कार्यलयमा भदौ १५ गते बुधबार सम्पन्न भएको हो । बाँडफाँडका क्रममा आईपीओ नपरेका लगानीकर्ताहरुको पैसा यही भदौ २० गतेबाट फिर्ता गरिने धितोप बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ ।

सेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केटको वेबसाइट www.bokcapital.com.np र कम्पनीको वेबसाइट www.sikleshydro.com.np बाट हेर्न सकिने छ ।