१२ बैशाख, २०८१ बुधबार

05:10:03 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय चुल्होको प्रयोगमा कठिनाइ, वितरित चुल्हो प्रयोगविहीन

Nepal Business

१५ भदौ, २०७९

“पङ्खासम्म चल्न नसक्ने स्थितिमा इन्फ्रारेड कुकरको त कामै छैन”, उहाँले भन्नुभयो । छिमेकी अदालत यादवको भनाइ पनि ताराको जस्तै छ । उहाँले चुल्हो पाएदेखि घरमा रहेको भकारीमाथि थन्क्याउनुभएको छ ।

विद्युतीय चुल्होको प्रयोगमा कठिनाइ, वितरित चुल्हो प्रयोगविहीन

लुम्बिनी, 

रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ । वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ ।

विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ । स्थानीयवासी तारा पासीले चुल्हो देखाउँदै बिजुलीको ‘लो भोल्टेज’ समस्याका कारण जाँच्न नपाएको बताउनुभयो । 

बोरामा प्याक गरी थन्क्याएर रखिएको सो विद्युतीय चुल्हो देखाउँदै पासीले भन्नुभयो, “एक त घरमा बिजुलीको समस्या छ, अर्काको घरमा सवमिटर हालेर बिजुली ल्याएकी छु । त्यसमाथि यति उच्च पावरको चुल्हो र सोका लागि छुट्टै बर्तन किन्नुपर्ने हुँदा हाम्रा लागि उपयोगी छैन ।” 

फुसको छानो भएको एक कोठेघरमा परिवारसँग बस्दै आएकी ताराले छिमेकी कहाँबाट सवमिटर जडान गरी घरमा दुई बल्ब, एक पङ्खा र मोबाइल चार्ज गर्नेसम्मको व्यवस्थापन गर्नुभएको हो ।

 “पङ्खासम्म चल्न नसक्ने स्थितिमा इन्फ्रारेड कुकरको त कामै छैन”, उहाँले भन्नुभयो । छिमेकी अदालत यादवको भनाइ पनि ताराको जस्तै छ । उहाँले चुल्हो पाएदेखि घरमा रहेको भकारीमाथि थन्क्याउनुभएको छ ।

विद्युत्को समस्या सुनाउँदै उहाँले भन्नुभयो ,“‘गर्मीले बेहाल छौँ, एक सय २० वाटको पङ्खा त राम्रोसँग चल्दैन यो उच्च पावरको चुल्हो जलाउन त सम्भव नै छैन ।”