१६ बैशाख, २०८१ आइतबार

10:51:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार कति ?

Nepal Business

१५ भदौ, २०७९

बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार कति ?

काठमाण्डौं । साताको चौथो दिन बुधबार सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

नेप्सेका अनुसार आज सेयर बजार २१.९७ अंकले घटेर नेप्से परिसूचक १ हजार ९ सय ७३.३८ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको छ भने २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसूचहहरु राताम्मे छन् । कम्पनीहरु पनि झिनो अंकले बढेका छन् । आरबीबी म्युचल फण्ड १.९७ प्रतिशत, ८.५ प्रतिशत इन्भेष्टमेन्ट बैंक डिभेञ्चर १.९४ प्रतिशत, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था १.६१ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्था १.४० प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनी १.२५ प्रतिशतले बढेका छन् ।