१६ बैशाख, २०८१ आइतबार

01:52:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१५ भदौ, २०७९

बुधबार नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक बुधबार २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेमा १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा बुधबार नेपाल टेलिकमको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको एकैदिन १० करोड ७४ लाख माथिको कारोबार भएको हो ।

त्यस्तै, रिडी हाइड्रोपावरको ६ करोड ४० लाख, राप्ती हाइड्रोको ३ करोड २७ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख र शिवम् सिमेन्ट्सको ३ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।