२५ बैशाख, २०८१ मंगलबार

07:01:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एशियन लाइफ इन्स्योरेन्सले ल्यायो छुट सुविधा

Nepal Business

१५ भदौ, २०७९

एशियन लाइफ इन्स्योरेन्सले ल्यायो छुट सुविधा

काठमाण्डौं । एशियन लाइफ इन्स्योरेन्सले बीमालेखहरूमा छुट सुविधाको योजना ल्याएको छ । एशियन लाइफ इन्स्योरेन्सले बीमितले व्यतित बीमालेख पुर्नजागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट पाउने योजना ल्याएको हो ।

इन्स्योरेन्सले २०७७ भदौं १४ गतेदेखि व्यतीत भएका बीमालेखहरूमा २०७९ भदौं १५ गतेदेखि २०७९ असोज १२ गतेभित्र पुर्नवागरण गराउने बीमितहरूलाई लाग्ने बिलम्ब (ब्याज) मा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका बीमालेखहरूमा उक्त छुट सुविधाको योजना ल्याएको हो ।

२०७९ भदौं १४ सम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतीत भएका बीमालेखहरूलाई मात्रै ब्याज छुट प्रदान गर्ने कम्पनीेले जानकारी दिएको छ ।

कम्पनीकाअनुसार २०८० भदौं १४ गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखहरूमा ब्याज छुट हुने छैन । एक पटक ब्याज छुट लिईसकेका बीमितहरूलाई बीमा अवधिभर पुनः ब्याज छुट प्रदान नगरिने कम्पनीद्धारा जारी सूचनामा उल्लेख छ ।