१६ बैशाख, २०८१ आइतबार

09:02:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

१५ भदौ, २०७९

९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाहरुले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् ।

लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८।०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८।०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८।०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८।०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड ५० लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम(२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   

त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० प्रतिशतका दरले हुन आउने रकम  ३ करोड १५ लाख मात्र प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशत लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।