१६ बैशाख, २०८१ आइतबार

04:16:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सीआस्वा निःशुल्क गर्ने बैंकको संख्या ६ पुग्यो, कुन–कुनबाट आइपीओ भर्दा लाग्दैन पैसा ?

१५ भदौ, २०७९

सीआस्वा निःशुल्क गर्ने बैंकको संख्या ६ पुग्यो, कुन–कुनबाट आइपीओ भर्दा लाग्दैन पैसा ?

काठमाडौं । सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने वाणिज्य बैंकको संख्या ६ पुगेको छ । यसअघि लगानीकर्ताहरूले साधारण सेयर (आईपीओ) भर्दा कतिपय बैंकहरूले निःशुल्क सेवा दिइरहँदा कतिपय बैंकहरूले भने सी–आस्वाको नाममा मनपरी शुल्क लिइरहेका थिए ।

कतिपय वाणिज्य बैंकहरुले निःशुल्क सेवा दिइरहँदा कुनै बैंकहरूले भने १० रुपियाँदेखि १ सय रूपैयाँसम्म सी –आस्वा शुल्क लिनु जायज नरहेको लगानीकर्ताहरुले जनाउदै आएका थिए । लगानीकर्ताहरुको गुनासोलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

बोर्डले अधिकतम सीमा ५ रुपैयाँ तोकेसँगै बैंकहरुले शुल्क घटाउन थालेका छन् भने कतिपयले निःशुल्क गर्न थालेका छन् । यसरी बैंकहरुले निःशुल्क सेवा उपलब्ध गराउँदा लागनीकर्तालाई केही राहत भने भएको छ । हाल राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले निःशुल्क सेवा उपलब्ध गराउँदै आएका छन् ।