२४ बैशाख, २०८१ सोमबार

03:46:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको बजार सुनिश्चित

Nepal Business

१५ भदौ, २०७९

पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको बजार सुनिश्चित

काठमाण्डौं । पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको बजार सुनिश्चित भएको छ । यसका लागि मंगलबार आयोजना विकासका लागि जिम्मा पाएको एनएचपीसी लिमिटेड र पीटीसी विद्युत खरिद सम्झौता भएको छ ।  पीटीसी इण्डिया भारत सरकारको स्वामित्वको कम्पनी हो । जसले भारतमा विद्युत बिक्रीको काम गर्छ । 

भारतीय कम्पनी पावर ट्रेडिङ कर्पोरेशन अफ इण्डिया लिमिटेड (पीटीसी इण्डिया) ले दुई आयोजनाबाट उत्पादन हुने विद्युत किन्न सम्झौता गरेको छ । 

लगानी बोर्डको कार्यालय काठमाण्डौंले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ विकासको जिम्मा एनएचपीसीलाई दिएको छ । यो पनि भारतीय स्वामित्वको कम्पनी हो ।

दुई आयोजनाको जडित क्षमता १२०० मेगावाट रहेको छ। जसको २१.९ प्रतिशत अर्थात २६२.८ मेगावाट नेपालले निशुल्क पाउनेछ। बाकी विद्युत पीटीसी इण्डियाले खरिद गर्नेछ।

भदौ २ गते बोर्ड र एनएचपीसीबीच द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितमा सम्झौता भएको थियो । कम्पनीलाई तत्कालका लागि सर्वेक्षण अनुमती दिन सम्झौता भएको हो । 

सर्वेक्षण अनुमति पाएको दुई वर्षमा अध्ययन सकेर प्रतिवेदन बोर्डलाई दिनुपर्नेछ । जसमा परियोजनाको अनुमानित लागत, अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन, वित्तिय स्रोतको उपलब्धता, परियोजना कार्यान्वयनको तरिका लगायत समावेश हुनुपर्नेछ।

पश्चिम सेती परियोजना सुदुरपश्चिमको डोटी, बैतडी,डडेल्धुरा, बझाङमा निर्माण हुनेछ । सुरुमा १ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर अहिले २ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ।

यो परियोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन तयार भइसकेको छ । ७० अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।