१५ बैशाख, २०८१ शनिबार

11:52:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ५० लाख कित्ता ऋणपत्र सूचिकृत

१५ भदौ, २०७९

नेप्सेमा ५० लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंकको ५० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि असार २४ गतेसम्म बैंकले १०.२५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नाम दिइएको उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।

नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।