१६ बैशाख, २०८१ आइतबार

03:01:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा भयो राप्ती हाइड्रोको पहिलो कारोबार ?

१५ भदौ, २०७९

कतिमा भयो राप्ती हाइड्रोको पहिलो कारोबार ?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आज (बुधबार) सेयर कारोबार खुलेको छ।  कम्पनीले आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै आज (बुधबार) बाट कारोबारमा आएको हो।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३१९ रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.३५ रुपैयाँदेखि ३१९.०५ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्च बिन्दुबाट नै कारोबार सुरु भएको हो। मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको थियो। नेप्सेले यो कम्पनीलाई आरएचजीसीएल कारोबार संकेत प्रदान गरेको छ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको थियो।