१७ बैशाख, २०८१ सोमबार

11:18:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोर्दीखोलाबाट बिजुली उत्पादन सुरु

Nepal Business

१२ भदौ, २०७९

आयोजनाका इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलेक्ट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न गर्दै ती सबैको सफल परीक्षणसमेत भइसकेको छ ।

दोर्दीखोलाबाट बिजुली उत्पादन सुरु

लमजुङ,
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । 

दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आजदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताउनुभयो । 

दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आजदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले केही महिना अघि नै निर्माण कार्य सम्पन्न गरे पनि उत्पादित बिजुली जोड्ने २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भई नसकेकाले समय लागेको थियो ।” 

यहाँ प्राधिकरण अध्ययन टोली आएर जाँच गर्न थालेको र चार/पाँच दिनसम्म परीक्षण चल्ने उहाँको भनाइ छ । 

परीक्षण सफल भएमा व्यावसायिक रुपमा बिजुली उत्पादन गरिने आयोजना प्रमुख शाक्यले बताउनुभयो ।

 यसअघि आयोजनाले विभिन्न भागको परीक्षण गरेको थियो । आयोजनाका इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलेक्ट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न गर्दै ती सबैको सफल परीक्षणसमेत भइसकेको छ ।