१६ चैत, २०८० शुक्रबार

01:54:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कडा आयो एमाले अध्यक्ष ओलीको निर्देशन

Nepal Business

१२ भदौ, २०७९

अध्यक्ष ओलीले देशको विकास र समृद्धि तथा जनताको जीवन सुखमय बनाउने नीतिहरू एमालेसँग मात्र रहेका र ती नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत प्राप्त गरी सरकार गठनको निम्ति परिचालित भई पार्टीलाई विजयी बनाउन सिङ्गो पार्टीपंक्तिलाई निर्देशन दिनुभयो ।

कडा आयो एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ,

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र सङ्कल्पका साथ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीले विजय हासिल गर्नुभनेको एमालेका लागि मात्र नभई सिङ्गो राष्ट्र जोगाउनका लागि हो भन्नुभयो ।  

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीले विजय हासिल गर्नुभनेको एमालेका लागि मात्र नभई सिङ्गो राष्ट्र जोगाउनका लागि हो भन्नुभयो । 

अध्यक्ष ओलीले देशको विकास र समृद्धि तथा जनताको जीवन सुखमय बनाउने नीतिहरू एमालेसँग मात्र रहेका र ती नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत प्राप्त गरी सरकार गठनको निम्ति परिचालित भई पार्टीलाई विजयी बनाउन सिङ्गो पार्टीपंक्तिलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले नागरिकता विधेयकका सन्दर्भमा गठबन्धन दलहरूले एमालेका विरूद्धमा भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको धारणा रहेको स्पष्ट गर्नुभयो ।