१६ बैशाख, २०८१ आइतबार

09:56:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ३३.३६ अंकको गिरावट, नेप्से परिसूचक १९ सयमा

Nepal Business

१२ भदौ, २०७९

सेयर बजारमा ३३.३६ अंकको गिरावट, नेप्से परिसूचक १९ सयमा

काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको  छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ३३.३६ अंकले घटेर १९ सय ८९.२६ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घटे पनि आज कारोबारमा सुधार देखिएको छ । आज २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँको कारोबार भएको छ भने ६१ लख ४८ हजार ३४१ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै म्युचल फण्ड बाहेक १२ उपसूचक राताम्मे छन् । कम्पनीहरुमा राधी विद्युत कम्पनी ५.९० प्रतिशत, एनएमबी हाईब्रीड ३.८८ प्रतिशत, एनआइबीएल प्रगति फण्ड ३.२३ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २.८६ प्रतिशतले बढेका छन् ।