१७ बैशाख, २०८१ सोमबार

11:49:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबार अरुण काबेलीसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१२ भदौ, २०७९

आइतबार अरुण काबेलीसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिने आइतबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०१ रुपैयाँको कारोबार भएको छ ।
आइतबार सेयर बजारमा गिरावट आउँदा पनि अरुण काबेली पावरको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको यस दिन १० करोड ३३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको हो ।

साथै, शिवम सिमेन्टको ७ करोड १५ लाख ४१ हजार रुपैयाँ, अपी पावरको ६ करोड २२ लाख ४६ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ६ करोड २० लाख ५३ हजार रुपैयाँ र रिडी हाइड्रोपावरको ५ करोड ९४ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।