१७ बैशाख, २०८१ सोमबार

05:30:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् पिपुल्स पावरको आईपीओ नतिजा

१२ भदौ, २०७९

तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् पिपुल्स पावरको आईपीओ नतिजा

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज (आइतबार) बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओमा १५ लाख ५६ हजार ५२५ आवेदकबाट कुल १ करोड ६९ लाख ७० हजार ६२० कित्ता सेयर माग भएको थियो। जसमध्ये १५ लाख ५१ हजार ४१३ आवेदकबाट परेको १ करोड ६९ लाख १० हजार ६२० कित्ता सदर भएको छ भने ५ हजार ११२ आवेदकबाट परेको ६० हजार कित्ता बदर भएको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्येबाट २ जना भाग्यमानिले ११ कित्ता सेयर पाएका हुन । पिपुल्स पावरको आईपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/, बिक्रि प्रबन्धक प्रभु क्यापिटल वेबसाइटः https://www.prabhucapital.com/,  पिपुल्स पावरको वेबसाइटः http://peoplespower.com.np/ ,  मेरो सेयर : meroshare.cdsc.com.np/#/login