१७ बैशाख, २०८१ सोमबार

07:01:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पिपुल्स पावरको आइपीओ बाँडफाँड, भाग्यमानी दुई जनाले पाए ११ कित्ता

१२ भदौ, २०७९

पिपुल्स पावरको आइपीओ बाँडफाँड, भाग्यमानी दुई जनाले पाए ११ कित्ता

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज (आइतबार) बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओमा १५ लाख ५६ हजार ५२५ आवेदकबाट कुल १ करोड ६९ लाख ७० हजार ६२० कित्ता सेयर माग भएको थियो। जसमध्ये १५ लाख ५१ हजार ४१३ आवेदकबाट परेको १ करोड ६९ लाख १० हजार ६२० कित्ता सदर भएको छ भने ५ हजार ११२ आवेदकबाट परेको ६० हजार कित्ता बदर भएको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्येबाट २ जना भाग्यमानिले ११ कित्ता सेयर पाएका हुन ।