१६ बैशाख, २०८१ आइतबार

07:14:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई दसैंअघि बाटै आइपीओमा आरक्षण दिइने

१२ भदौ, २०७९

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई दसैंअघि बाटै आइपीओमा आरक्षण दिइने

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले दसैंअघि नै आइपीओमा १० प्रतिशत आरक्षण पाउने भएका छन् । मन्त्रिपरिषद्बाट वैदेशिक रोजगारीलाई सेयर आरक्षण दिने सम्बन्धमा बनेको विनियमावली पास भएसँगै श्रम स्वीकृत लिएर गएका श्रमिकले प्राथमिक सेयरका लागि छुट्याएको १० प्रतिशत आरक्षण पाउने भएका हुन ।

चालु आर्थिक वर्षको बजेटमा श्रमिकलाई प्राथमिक सेयरमा आरक्षण दिन सकिने गरी १० प्रतिशत सेयर छुट्याउने घोषणा गरिएको थियो । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो विनियमावली पास गरेको हो ।