१७ बैशाख, २०८१ सोमबार

12:39:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल दोलखा हाइड्रोले बोलायो स्थगित साधारण सभा, हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित हुने

१२ भदौ, २०७९

हिमाल दोलखा हाइड्रोले बोलायो स्थगित साधारण सभा, हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित हुने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुनः बोलाएको छ । हाइड्रोपावर कम्पनीले यसअघि भदौ ३ गते बोलाएको साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

भदौ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको तेर्हौँ र चौधौँ वार्षिक साधारण सभा भदौ १९ गते लिसारा बैंङ्क्वेट हल, नक्साल, काठमाडौँमा पुनः बस्न लागेको हो ।

सभाले अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्नेछ । सभाले कम्पनीको पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभामा हकप्रदमार्फत पूँजी वृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित हुनेछ ।  सभाले १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन २६ गते बुकक्लोज गरिसकेको छ ।यसर्थ, साउन २५ गतेसम्म  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कायम सेयरधनीले मात्र सभामा सहभागि हुन सक्नेछन् ।