१७ बैशाख, २०८१ सोमबार

08:56:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘निक इलेक्ट्रो टेक’ सम्मेलनका लागि स्टल बुकिङ खुल्ला

Nepal Business

१० भदौ, २०७९

‘निक इलेक्ट्रो टेक’ सम्मेलनका लागि स्टल बुकिङ खुल्ला

काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको उर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको १० औँ ‘निक इलेक्ट्रो टेक २०२२’ हुने भएको छ ।

सम्मेलन मैसिर २२ गते देखि २५सम्म काठमाण्डौंको भृकुटीमण्डपमा हुने भएको हो । महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै प्रदर्शनीकालागि स्टल बुकिङ खुल्ला गरेको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्रीहरू, उर्जा उत्पादक यन्त्रहरू, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामाग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू, एलिडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय

प्रविधि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविधि, विद्युतीय सवारी साधनतथा वैकल्पीक उर्जा कम्पनीहरू सहभागी हुन सक्ने छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ ।