१७ बैशाख, २०८१ सोमबार

10:40:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँड हुने, १३ लाख ७६ हजारको हात खाली

१० भदौ, २०७९

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँड हुने, १३ लाख ७६ हजारको हात खाली

काठमाडौं । पिपुल्स पावर कम्पनीको आईपीओ भदौ १२ गते आइतबार बाँडफाँड हुने भएको छ । आईपीओ आइतबार दिउँसो २ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा बाँडफाँड गर्ने तयारी गरिएको कम्पनीले जनाएको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथाबाट बाँडफाँड हुने छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६ हजार ११० जना आवेदनकबाट १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा ७.९३ गुणा बढी हो। अन्तिम दिनसम्मको तथ्यांकलाई हेर्दा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीको लागि ,१ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।