१६ बैशाख, २०८१ आइतबार

04:37:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओरालो लागेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

१० भदौ, २०७९

ओरालो लागेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबार १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको छ । यस दिन २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको छ ।

नेप्से ओरालो लाग्दा पनि शुक्रबार हिमाल दोलाखा हाइड्रोपावरको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ८७ लाख १३ हजार रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ७४ लाख १९ हजार, राधी विद्युतको ४ करोड २८ लाख ४१ हजार र नेपाल टेलिकमको ३ करोड ९० लाख ५७ हजार रुपैयाँको कारोबार भएको हो ।