२८ बैशाख, २०८१ शुक्रबार

04:30:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेको ओरालो यात्रा कायमै, १ अर्ब २९ करोड बढीको कारोबार

१० भदौ, २०७९

नेप्सेको ओरालो यात्रा कायमै, १ अर्ब २९ करोड बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज (शुक्रबार) नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा बन्द भएको छ ।

यस दिन कूल २१३ वटा कम्पनीको ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८ सय २० रूपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार कारोबार भएका कूल १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स बाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

शुक्रबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ५.९५ प्रतिशतले बढेर १हजार ४ सय ४५ रूपैयाँ पुगेको छ । भने हाइड्रो इलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयरको मूल्य यस दिन  सबैभन्दा धेरै घटेको छ ।