२६ बैशाख, २०८१ बुधबार

02:23:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लघुबीमा कम्पनी स्थापना गर्न बीमा समितिको आह्वान (सूचनासहित)

Nepal Business

१० भदौ, २०७९

लघुबीमा कम्पनी स्थापना गर्न बीमा समितिको आह्वान  (सूचनासहित)

काठमाण्डौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । 

समितिले शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै नेपाल सरकारको आ.व. २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख भएको स्मरण गराइएको छ । 

यस्ता कम्पनी स्थापना गर्न इच्छुक व्यक्ति तथा लगानीकर्ताहरुका लागि विभिन्न सर्तहरु राखी समितिले सूचना प्रकाशित गरेको हो । ती व्यक्ति तथा संस्थाहरुलाई प्रस्ताव पेश गर्न समितिले ३५ दिनको अवधि दिएको छ ।