३० चैत, २०८१ शनिबार
01:32:21 AM
१० भदौ, २०७९
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज (भदौ १० गते शुक्रबार) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आज (शुक्रबार) सम्म कायम सेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई १४७ प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।