८ जेठ, २०८१ मंगलबार

10:57:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महानगरपालिकाको बजेट संशोधन, सम्पत्ति करमा छुटको अवधि बढाइयो

४ माघ, २०७८

महानगरपालिकाको बजेट संशोधन, सम्पत्ति करमा छुटको अवधि बढाइयो

काठमाण्डौं

काठमाण्डौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन गरेको छ । महानगरपालिकाको १० औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । 

महानगरपालिकाको सञ्चित कोषबाट कार्यान्वयन हुने १६ अर्ब आठ करोड ७० लाख १२ हजार रुपैयाँ र बाह्य कोषबाट कार्यान्वयन हुने दुई अर्ब ८७ करोड सात लाख रुपैयाँ गरी कामपाले चालु आर्थिक वर्षमा कूल बजेट १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको थियो । संशोधनबाट ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमका लागि एक करोड ५० लाख रुपैयाँ थप गरिएको छ । 

यसैगरी, फोहोरमैला प्रभावित क्षेत्रका स्थानीयवासीसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यसअघि छुट भएको शिक्षक दरबन्दी अनुदान सहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको छ । ‘जुन शीर्षकमा काम गर्ने लक्ष्य राखिएको थियो, विभिन्न कारणले त्यो कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने भएपछि सम्बन्धित विभाग र वडाको मागबमोजिम शीर्षक परिवर्तन गरिएको हो’, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोल भन्नुभयो । 

अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको पनि जनाइएको छ ।  आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि बढाइएको हो । 

रासस