१५ चैत, २०८० बिहिबार

09:13:18 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थिमिका ५१९ ले पाए जग्गाको पूर्जा, शुक्रबार पनि वितरण हुने

Nepal Business

९ भदौ, २०७९

२०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको हकमा जग्गा नापजाँच ऐन २०१९ को दफा ६ (५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको

थिमिका ५१९ ले पाए जग्गाको पूर्जा, शुक्रबार पनि वितरण हुने

थिमी, 

नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का स्थानीयवासीलाई  वितरण गरिएको छ ।

विहिबार मध्यपुरथिमि नगरपालिका कार्यालयमा नापी कार्यालयले आयोजना गरेको पुर्जा वितरण कार्यक्रममा पाँच सय १९ थान स्ववासीलाई उनीहरुले भोग चलन गर्दै आएको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले जानकारी दिनुभयो । 

उहाँले २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको हकमा जग्गा नापजाँच ऐन २०१९ को दफा ६ (५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको बताउनुभयो । 

मध्यपुरथिमि नगरपालिकाको साविक १७ वटा वडा मध्ये हालसाविक लागु भएको वि. सं. २०६४ देखि २०७६ सम्म ८ वटा वडाको सीमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधिमा थप आठ वटा वडाको पुर्जा वितरण भएको उहाँले जानकारी दिनुभयो । 

सुकुम्वासी जस्तै बसेर अनेकौ समस्या झेल्दै आएका स्थानीय स्वबासीलाई नगरपालिकाको पहलमा जग्गा धनी पूर्जा वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । भोलि पनि पूर्जा वितरण कार्य जारी रहने उहाँले बताउनुभयो ।