२० बैशाख, २०८१ बिहिबार

10:45:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रेष्ठ वल्र्ड बुक अफ रेकर्ड बनाउन सफल, मन्त्री अथकद्धारा प्रमाण प्रत्र हस्तान्तरण

४ माघ, २०७८

श्रेष्ठ वल्र्ड बुक अफ रेकर्ड  बनाउन सफल, मन्त्री अथकद्धारा प्रमाण प्रत्र हस्तान्तरण

काठमाण्डौं

विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवा विश्व किर्तिमान राख्न सफल हुनुभएको छ । वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल हुुनुभएको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्र्नु भएको हो । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको थियो । साथै आगामी दिनमा समेत युवाहरुलाई प्ररित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गर्नुभयो । 

सन् २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गर्नुभएको थियो । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिनुभयो ।