३० चैत, २०८१ शनिबार
01:39:20 AM
९ भदौ, २०७९
विसं २०४५ मा सरकारको सहयोगमा एउटा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण त ग¥यो तर सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेका कारण गौचरणमा परिणत भएको स्थानीयवासी कुलबहादुर भण्डारी बताउनुहुन्छ ।
मोरङ,
तीन दशक बितिसक्दा पनि मोरङको पेट्रोल खानी सञ्चालनमा नआउँदा गौचरणमा परिणत भएको छ । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानी गौचरणमा परिणत भएको हो ।
पेट्रोलमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य सुरु भएको हो ।
पेट्रोलमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य सुरु भएको हो ।
तर मोरङको बेलबारी नगरपालिका–८ बाहुनीमा रहेको खानी भने गौचरणमा परिणत भएको छ । खानीको अन्वेषणका निम्ति बनेका भवन र कच्चापदार्थ अवस्था जीर्ण बन्दै गएको छ ।
अन्वेषण गर्न बनेका भवन भग्नावशेष भई अन्वेषण गर्न ल्याएको कच्चा पदार्थसमेत नष्ट भएका छन् ।
विसं २०४५ मा सरकारको सहयोगमा एउटा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण त ग¥यो तर सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेका कारण गौचरणमा परिणत भएको स्थानीयवासी कुलबहादुर भण्डारी बताउनुहुन्छ ।
उक्त कम्पनीले छ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको थियो । ३४÷३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको स्थानीयवासी यामप्रसाद तिम्सिना बताउनुहुन्छ ।
सरकारले खानी तथा भूगर्भ विभागले खानी अन्वेषण गर्न र सञ्चालनमा ल्याउने भन्दै स्थानीयवासीबाट ४.९६९ वर्गमिटर जमिन आफ्नो मातहतमा ल्याएको छ ।